सुधारबाट सफलतामा जटिलताको सामना

काठमाण्डु टुडे २०७० फागुन ७ गते १:१५ मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङ्गले प्रान्तस्तरीय मुख्य नेता विषयक असुन्धान कक्षमा आर्थिक व्यवस्थाको सुधारलाई गहन पार्ने विषयबारे प्रतिवेदन दिएका छन । प्रधानमन्त्री लीका अनुसार, विकासका लागि घनिष्ट रुपमा सुधारमा भर पर्नुपर्छ। बितेका छत्तीस वर्षको विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको र गत वर्ष सफलताका साथ जटिल अवस्थाको सामना गरिएको मुख्य कारण सुधारमा भर परेर नै थियो। अब उपरान्त अर्थतन्त्रको लगातार र स्वस्थ विकासलाई साकार तुल्याउनका लागि यथावत रुपमा सुधारमा भर पर्दै जानुपर्नेछ। सुधार सबैभन्दा ठूलो शक्ति हुनुका साथै सबैभन्दा ठूलो लाभ हो भन्ने कुरा बताउँदै प्रधानमन्त्री लीले यथावत रुपमा जनतालाई सुधारबाट लाभान्वित गराउने कुरालाई कायम राख्नुपर्ने कुरामा पनि जोड दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us