पाकिस्तान शान्ति वार्ता स्थगित

काठमाण्डु टुडे २०७० फागुन ६ गते ७:४९ मा प्रकाशित

900px-Flag_of_Pakistan.svgइस्लामबाद, ६ फागुन – पाकिस्तानमा तालिवानलसँग सरकारले करिब दुई हप्ताअघि सुरु गरेको शान्तिवार्ताको अन्त्य भएको घोषणा गरेको छ । सो वार्ता सङ्कटमा परेको समाचार सोमबारै सार्वजनिक भएको थियो ।

पाकिस्तान सरकारले मङ्गलबारै तालिवानहरुसँगको शान्तिवार्ता सरकारका तर्फबाट रद्द भएको जानकारी गराएको एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

सो समाचारपछि पाकिस्तानी अधिकारीहरुले तालिवानसँगको वार्ता एकतर्फ रद्द भएको जानकारी गराएको ती सुरक्षा अधिकारीले ममङ्गलबार बिहान जानकारी दिएका छन् ।

यसैबीच मंगलबार बिहानीपख मात्र तालिवानहरुले पाकिस्तानको उत्तरी द्वन्द्वग्रस्त क्षेत्रमा रहेको एक सैनिक पोष्टमा हमला गरी एकजना पाकिस्तानी सैनिकको हत्या गरेका छन् ।

सरकारले तालिवानसँगको वार्ताको औचित्य समाप्त भएको सार्वजनिक जानकरी गराएको केही समयअघिमात्र तालिवानहरुले सो चौकीमा हमला गरेका हुन् ।
सोमबार पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले सो वार्ताको अर्थ नरहने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us