
काठमाण्डू, १० असार– सत्ता घटक दल एमालेका सांसद ठाकुर प्रसाद गैरेले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बेल्दै एमाले सांसद गैरेले यस्तो बताएका हुन ।
उनले भने, ‘भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ, भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका, त्यसबाट धेरै सम्पत्ति गुमाएका, यसबाट कोही पनि दोषी उम्कनु हुँदैन, कुनै पनि निर्दोष व्यक्ति उम्कन पाउनु हुँदैन ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानबिन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्नेमा जोड समेत दिएका छन ।
उनले भने, ‘यो संसद्मा जनताका समसामयिक विषयमा छलफल हुनुपर्ने हो, आर्थिक सङ्कट निवारणको विषयमा छलफल हुनुपर्ने हो, बजेटबारे पर्याप्त छलफल हुनुपर्ने, सुशासन र समृद्धिको बारेमा छलफल हुनुपर्ने तर अन्य विषयमा छलफल भइरहेको छ ।’