लमहीमा देउवा पक्षको लुम्बिनी प्रदेश भेला

काठमाण्डु टुडे २०८३ असार १६ गते १५:४० मा प्रकाशित

काठमाण्डू, १६ असार– शेरबहादुर देउवा पक्षीय कांग्रेसले बृहत प्रदेश भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा सुरु गरेको छ ।

भेला पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको जनाइएको छ ।

१४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा उतिवेलाका सहमहामन्त्री किशोर सिंह राठोरको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन गरिएको छ ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजना गरिएको उक्त भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल गरिएको सहभागी एक नेताले जानकारी दिएका छन ।

पार्टीभित्र एकता अपरिहार्य रहेको, फुटेर होइन, जुटेर जानुपर्छ भन्नेमा जोड दिइएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us