युक्रेनमा हिंसा रोक्न दुबै पक्ष सहमत

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:३८ मा प्रकाशित

Ukrenकाठमाण्डु, ८ फागुन – युक्रेनमा जारी हिंसात्मक सरकार र विपक्षी दुबै पक्ष सहमत भएका छन् । दंगा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरुबीच राजधानी कियभ र देशका अन्यभागमा भएको हिंसात्मक भिडन्तपछि राष्ट्रपति भिक्तोर यानुकोभिचले विपक्षी नेताहरुसंग शान्ति सहमति गरेका हुन् ।
प्रमुम तीन विपक्षी नेताहरुसँगको वार्ता पछि राष्ट्रपति यानुकोभिचले रक्तपात अन्त्य गर्न निम्ती वार्ता गर्ने सहमति जनाइएको बताएका छन् ।
युक्रेनको राजधानी कियभ स्थित ‘इन्डीपेन्डेन्स् स्क्वायर’मा प्रहरी र प्रदर्शनकारीहरुबीच तनाव कायमै छ । देशभर मंगलबारदेखि शुरु भएको हिंसामा कम्तीमा २६ जनाको ज्यान गइसकेको छ । अन्य कैयन घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us