युक्रेनमा गतिरोध अन्त्य हुने संकेत

काठमाण्डु टुडे २०७० माघ १० गते ३:१७ मा प्रकाशित

काठमाण्डु, १० माघ– युक्रेनमा जारी राजनीतिक गतिरोध समाप्त हुने संकेत देखिएको छ । विपक्षी नेता अर्सेनी यात्सेन युकले राष्ट्रपति भिक्टर यानोभिकसँग छलफल गरेपछि सहमतिको सम्भावना देखिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

संकट समाधानको प्रयासमा चार घण्टा लामो छलफलले सरकार र विक्षीलाई सहमति नजिक पुर्याएको समाचारमा जनाइएको छ । विपक्षी नेता यात्सेन युकले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपी वार्तामा भएको पूर्ण विवरण भने सार्बजनिक गरिएको छैन । तर, पनि युक्रेनमा जारी हिंसात्मक झडप रोकिने विश्वास गरिएको छ । वार्तापछि युक्रेनका विपक्षी दलका नेताहरुले प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्ताहरुलाई शान्त रहन अपील गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us