लडाकु शिविरमा भ्रष्टाचार भएको छ, छानबिन गर्न अख्तियारले खुट्टा कमायो: केपी ओली

२०८० वैशाख २८ गते १५:३७

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुहरुको व्यवस्थापनका क्रममा भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा खुट्टा कमाएको आरोप लगाएका छन । आज बिहीबार देखी पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्‌घाटन सत्रलाई...

उपनिर्वाचन समीक्षा: वर्तमान सत्ताको विकल्प एमाले रहेकोमा प्रश्न उठेको निष्कर्ष

२०८० वैशाख २८ गते १५:२४

काठमाण्डु, २८ वैशाख– एमालेले १० वैशाखमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको समीक्षा गरेको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रतिवेदनमा एमालेले संख्यात्मक नभए पनि गुणात्मक हानि बेहोरेको उल्लेख गरीएको छ । उपनिर्वाचन भएका क्षेत्रहरुमा ४ मंसिर भएको...

शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले गरिन् आत्महत्या

२०८० वैशाख २८ गते १५:१६

काठमाण्डु, २८ वैशाख– चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छन । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । उनले बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका...

भानु चोकमा रमेश महतोको सालिक राख्नुपर्छ: ठाकुर

२०८० वैशाख २८ गते १४:३२

जनकपुर, २८ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने बताएका छन । आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको गर्दै उनले यस्तो बताएका हुन । उनले रमेश महतोको सालिक राख्ने कुरा...

पदाधिकारी बैठक अघि प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

२०८० वैशाख २८ गते १४:२४

काठमाण्डु, २८ वैशाख– कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पार्टी पदाधिकारी बैठक बस्नुअघि सभापति देउवार प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीको सरकरी निवाश बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । आज दिउँसो सभापति देउवा...

केपी ओलीको प्रश्न– सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?

२०८० वैशाख २८ गते १४:१४

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन । उनले सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भन्दै उनले प्रश्न गरेका छन्...

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

२०८० वैशाख २८ गते १३:३७

एजेन्सी–पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ परेका हुन । पाकिस्तान तहरिक ए इन्साफका नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई...

भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा संसदमा भन्छु: केपी ओली

२०८० वैशाख २८ गते १३:२३

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते बस्ने प्रतिनिधि सभाको बैठकमा बोल्ने बताएका छन । उनले यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको बताएका छन । आज बिहिबारबाट सुरु...

होटलमा खाना खान आएका ग्राहकको छुरा हानेर हत्या

२०८० वैशाख २८ गते १३:१३

काठमाण्डु, २८ वैशाख– धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरीएको छ । हिजो बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगर को हत्या गरीएको छ । थापामगरलाई निबुवा बोटेस्थित...

हाम्रै पार्टीको भए पनि भुटानी शरणार्थी प्रकरणमा दोषी भए कारबाही हुन्छ: केपी ओली

२०८० वैशाख २८ गते १२:३४

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि आरोप लागाएका छन । आज...

भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु: केपी ओली

२०८० वैशाख २८ गते १२:२६

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको बताएका छन । आज (बिहीबार) एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी...

सर्लाहीमा भारतीय युवकको हत्या

२०८० वैशाख २८ गते १२:१५

सर्लाही, २८ वैशाख– सर्लाहीमा एक भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा–९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव भेटिएको छ । बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us