भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भयो: चौधरी

२०८० वैशाख २७ गते १३:१७

काठमाण्डु,२७ वैशाख– काँग्रेस सांसद विनोद चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद चौधारीले यस्तो बताएका हुन । उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताएका छन । भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको उनले...

जसपा कार्यकारिणी समितिको बैठक जारी

२०८० वैशाख २७ गते १३:११

काठमाण्डु,२७ वैशाख– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु जारी छ । बालकुमारीस्थित पार्टी कार्यालयमा शुरु भएको बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिवार्चनमा लागेको कारण तोकिएको समयमा...

भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्: राजेन्द्र लिङ्देन

२०८० वैशाख २७ गते १२:३१

काठमाण्डु,२७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका छन । आज (बुधबार) बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताएका छन । उनले यसमा...

पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर

२०८० वैशाख २७ गते १२:२४

एजेन्सी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले...

आगलागीमा परी चारको जना मृत्यु

२०८० वैशाख २७ गते १२:१३

काठमाण्डु,२७ वैशाख– अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर ४ जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाण्डुमा मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय...

राप्रपाको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

२०८० वैशाख २७ गते ११:३४

काठमाण्डु,२७ वैशाख– संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुले बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरीएको छ । आज (बुधबार) बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग राखेका थिए । तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने...

संसदमा राप्रपा सांसदहरुको नाराबाजी

२०८० वैशाख २७ गते ११:३१

काठमाण्डु,२७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । आज बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको जानकारी दिएका छन । राप्रपाका...

नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्छ:कोइराला

२०८० वैशाख २७ गते ११:२३

काठमाण्डु,२७ वैशाख–कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन । यसमा राजनीतिक दबाव दिन नहुने उनले बताएका छन । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता कोइरालाले नक्कली शरणार्थी...

पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

२०८० वैशाख २७ गते ११:१६

काठमाण्डु,२७ वैशाख– पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी जानकारी दिएको छ...

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२०८० वैशाख २७ गते ११:११

काठमाण्डु,२७ वैशाख– पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधबार बिहान निवासबाटै प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० वैशाख २६ गते १८:२६

प्युठान,२६ वैशाख– प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका–४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेका छन । जिल्लाको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लालवहादुर...

थप ५१ जनामा कोरोना संक्रमण

२०८० वैशाख २६ गते १८:२३

काठमाण्ड,२६ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us