संसदमा राप्रपा सांसदहरुको नाराबाजी

काठमाण्डु टुडे २०८० वैशाख २७ गते ११:३१ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । आज बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको जानकारी दिएका छन । राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे, ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ ।

राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका थिए । संसदमा राप्रपाको अवरोध गरे पछि संसद बैठक १५ मिनेटको लागी स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us