
काठमाण्डू, ९ जेठ– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट बिहीबार प्रहरी टोलीले एक ६ वर्षीया बालिकाको शव दाहसंस्कारको तयारी हुँदै गरेको अवस्थामा बरामद गरीएको छ । मृतक बालिका भोटेखोला गाउँपालिका–४, सिप्प्रङकी युनिका तामाङ हुन् ।
उनी गोपाल तामाङकी छोरी हुन् । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाको क्रममा बालिकालाई डिलबाट धकेलिएको आशंका गरिएको छ । झगडा युनिकाकी आमा र जेठाजुबीच भएको खुलेको प्रहरीले जनाएको छ ।
डिलबाट लडेर गम्भीर घाइते भएकी बालिकालाई विराटनगरस्थित नोबेल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले बालिकालाई डिलबाट धकेलेको आशंकामा अनिका गुरुङ तामाङलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।