जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १३:११ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु जारी छ । बालकुमारीस्थित पार्टी कार्यालयमा शुरु भएको बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिवार्चनमा लागेको कारण तोकिएको समयमा विधान अधिवेशन हुने नदेखिएको कारण त्यसको मिति सार्ने कि नसार्ने विषयमा छलफल हुने नेता हरुले बताएका छन ।

त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । मधेस प्रदेशको सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us