
काठमाण्डू, ९ जेठ- अमेरिकाको सान डिएगोमा विमान दुर्घटना हुँदा कम्तिमा ३ जनाको ज्यान गएको छ ।
दुर्घटनामा चर्चित अमेरिकी संगीतकर्मी डेभ शापिरोको पनि ज्यान गएको छ ।
बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान ४ बजेको समयमा आवासीय क्षेत्रमा विमान दुर्घटना भएको हो ।
विमान दुर्घटनामा परेका ८ जनाकोे भने ज्यान बचेको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
बस्तीको बीचमा जहाज खस्दा १५ भन्दा बढी घर र दर्जनौं गाडीमा क्षति पुगेको छ ।