अत्तरियामा अचेत भेटिएका पुरुषको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ९ गते ६:५३ मा प्रकाशित

कैलाली, ९ जेठ-कैलालीको अत्तरियामा बिहीबार राति अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा अन्दाजी ३५ वर्ष जति उमेरका एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
उनी बेहोस अवस्थामा भेटिएपछि प्रहरीको सहयोगमा उपचारका लागि तत्काल पद्मा अस्पताल पुर्याइएको थियो ।

प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गरिएको थियो ।

सेती अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा राति उनको ज्यान गएको कैलाली प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us