नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्छ:कोइराला

काठमाण्डु टुडे २०८० वैशाख २७ गते ११:२३ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख–कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन ।

यसमा राजनीतिक दबाव दिन नहुने उनले बताएका छन । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताएका छन ।

उनले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन, उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने बताएका छन ।

यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्‍याउँछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us