बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरियो

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १६:४५ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ । प्रहरीले बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई इलाका प्रहरी कार्याल लहानको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

९ जेठको राति १२ः २९ बजेको सयमा खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंकमा कार्यरत सेक्युरेटी गार्ड प्रमोद चौधरी र पर्शुराम चौधरी निदाएको समयमा उनीहरूको कोठाबाट बन्दुक लगायतका सामानहरू चोरि भएको हो ।

उनीहरू सुत्ने कोठामा निदाइरहेका थिए । त्यही बेला अन्सारीले १२ बारको एक नाले बन्दुक, २० राउण्ड गोली, २ थान खुकुरी, कम्युटर, डिजिटल तराजु लगायत चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन । गार्ड ब्युझँदा सामानहरू नभएपछि राति नै बैंकका गार्डले प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरीले उक्त घटना सञ्चार सेटमार्फत रिले गरेको थियो भने घटनाबारे छिमेकी जिल्ला सिरहाको प्रहरीलाई पनि खबर गरिएको थियो । सिरहाकै टोलीले राति पौन ४ बजेतिर उनलाई लहानस्थित हस्पिटल चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीले उक्त हतियारहरू नेपाल बैंकबाट करि ५ सय मिटर पश्चितर्फको झाडीमा लुकाएको खुलेपछि बरामद गरेको छ । उनले ती हतियार किन चोरे भन्ने खुलिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us