बैतडी केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प

काठमाण्डु टुडे २०८२ जेठ ९ गते ६:१५ मा प्रकाशित

बैतडी, ९ जेठ- बैतडी सदरमुकाम खलंगा आपसास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।

राति १ बजेर ४८ मनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुतिरहेका बेला मध्यरातमा भूकम्प गएपछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए ।

बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us