मन्त्रिपरिषद् बैठक जारी

२०८० वैशाख २६ गते १७:१२

काठमाण्ड,२६ वैशाख– नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गर्दछ । जारी बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।...

वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित छ: योगेश भट्टराई

२०८० वैशाख २६ गते १६:१९

काठमाण्ड,२६ वैशाख– एमाले सांसद योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो बताएका हुन । उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

२०८० वैशाख २६ गते १६:१३

एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन । उनी आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको छ । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी...

सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ: यादव

२०८० वैशाख २६ गते १६:०७

काठमाण्डु, २६ वैशाख– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै...

टोपबहादुरको घरमा प्रहरीको छापा

२०८० वैशाख २६ गते १५:५४

काठमाण्डु, २६ वैशाख– पूर्वमन्त्री एवं एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाण्डु र ललितपुरको प्रहरी टोली छापा मारेका हुन । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ ।...

एमाले सचिवालय बैठक सुरु

२०८० वैशाख २६ गते १५:४७

काठमाण्डु, २६ वैशाख– एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन । सचिवालय बैठकले...

नक्कली शरणाार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही होस्: तेजुलाल चौधरी

२०८० वैशाख २६ गते १५:२२

काठमाण्डु, २६ वैशाख– कांग्रेस सांसद तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउने चलखेल भइरहेको भन्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । उनले भने, ‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा कायम राख्छ, त्यसको अस्तित्व हेर्दा भुटानी शरणार्थी बनाएर सो...

प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा आउँदैन: लिङ्देन

२०८० वैशाख २६ गते १५:१४

काठमाण्डु, २६ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने दाबी गरेका छन । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको बताएका छन...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अपर्याप्त: विष्ट

२०८० वैशाख २६ गते १५:०८

काठमाण्डु, २६ वैशाख– एमाले सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको बताएका छन । सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले ऋणात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको समस्यालाई...

ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्नुपर्छ: खिमलाल देवकोटा

२०८० वैशाख २६ गते १४:२५

काठमाण्डु, २६ वैशाख– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन । आज मंगलबार बसेको राष्ट्रियसभाको बैठमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप...

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री प्रचण्ड

२०८० वैशाख २६ गते १४:१५

काठमाण्डु, २६ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्नने बताएका छन । आज (मंगलबार) नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । उनले...

भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ: विश्वप्रकाश शर्मा

२०८० वैशाख २६ गते १४:०८

काठमाण्डु, २६ वैशाख–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधिसको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका छन । उनले भने, ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us