तिनाउमा डुबेर भारतीय युवा बेपत्ता

काठमाण्डु टुडे २०८२ जेठ ८ गते २१:०३ मा प्रकाशित

काठमाण्डू, ८ जेठ-बुटवल घुम्न आएका एक भारतीय युवक पाल्पाको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

घटना तिनाउ गाउँपालिका–३ मा पर्ने ड्याम क्षेत्रको रहमा बिहीबार दिउँसो साढे तीन बजेतिर भएको हो ।

नौतनवा, महाराजगञ्ज उत्तर प्रदेश, भारतका १८ वर्षीय सोएब अन्सारी आफ्ना चार जना साथीसहित नदीमा पौडी खेल्न गएका थिए । तर खेल्दाखेल्दै रहमा गहिरो पानीमा फसेर उनी एक्कासि हराएका हुन् ।

घटनाको जानकारी पाएको साथीसहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा तत्कालै खोजी कार्य थालिएको भए पनि साँझसम्म सोएबको अत्तोपत्तो लाग्न सकेको छैन ।

प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले हाल तिनाउ नदीमा पानीको बहाव तीव्र भएकोले खोजीमा अप्ठ्यारो परेको जानकारी दिएका छन् ।घटनाबारे थप अनुसन्धान तथा खोज कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us