
काठमाण्डु, २६ वैशाख– एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन ।
सचिवालय बैठकले वैशाख २८–३० गतेसम्म चल्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन । यसअघि एमालेले झापामा बस्ने तय गरेको केन्द्रीय कमिटीको बैठक काठमाण्डुमै सारेको थियो ।