टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– पूर्वमन्त्री एवं एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाण्डु र ललितपुरको प्रहरी टोली छापा मारेका हुन ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी फरारहेका छन । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीको खोजी गरीरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us