इप्पानसँग घूस मागिएको विषयमा अख्तियारद्वारा धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठसँग बयान

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १९:४६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बयानका लागि बोलाएको छ ।
जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) जरी गर्न घूस मागिएको भन्ने विषयमा सोधपुछ गर्न आयोगले श्रेष्ठलाई टंगालस्थित कार्यालयमा बोलाएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, (इप्पान) ले सेयर जारी गर्न घूस मागेको बताएपछि अख्तियारले गत महिना बोर्डको कार्यालयमा छापा मारी कागजपत्र लगेको थियो ।

यसअघि आयोगले इप्पान पदाधिकारीलाई बोलाएर घूस प्रकरणबारे जानकारी लिएको थियो । श्रेष्ठले आफू अख्तियार गएको स्वीकार गरे । तर, सोधपुछका लागि नभई छलफलका लागि गएको जिकिर उनले गरे ।

श्रोतका अनुसार आयोग सचिव नारायणप्रसाद शर्मा दुवाडीले श्रेष्ठलाई सोधपुछका लागि बोलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us