नक्कली शरणाार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही होस्: तेजुलाल चौधरी

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– कांग्रेस सांसद तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउने चलखेल भइरहेको भन्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन ।

उनले भने, ‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा कायम राख्छ, त्यसको अस्तित्व हेर्दा भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ।

त्यही मन्त्रालय अन्तर्गत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ, हिजोआज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भ अगाडि बढिराखेको छ।’

उनले थपे, ‘म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ।

त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु। यसमा यो वा त्यो, यो समय र त्यो समय नभनी निष्पक्ष रुपमा छानबिन गरियोस्। र, दोषीलाई कारबाही गरियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us