ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्नुपर्छ: खिमलाल देवकोटा

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन । आज मंगलबार बसेको राष्ट्रियसभाको बैठमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गरेका छन ।

उनले नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताएका छन ।

उनले भने, ‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ । जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस् ।

केही अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गरिदिनुस्’ बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला ।

नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो । बजेटको सबैभन्दा ठुलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठुला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो ।

यो सुध्रिएको छैन, सुधार होस् ।’ उनले निजामति कानुन ल्याउन नसकिएको बताउँदै यो मुलुक कसले चलाएको छ भन्दै प्रश्न समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us