थप ५१ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १८:२३ मा प्रकाशित

काठमाण्ड,२६ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचार गरीरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मात्रै कोरोना संक्रमणबाट २६ जना निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us