शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले गरिन् आत्महत्या

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छन । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् ।

उनले बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए ।

त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएर उनले आत्महत्या गरेकी हुन । उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग राखेका छन ।

साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us