सर्लाहीमा भारतीय युवकको हत्या

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १२:१५ मा प्रकाशित

सर्लाही, २८ वैशाख– सर्लाहीमा एक भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा–९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव भेटिएको छ ।

बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।युवकको टाउको र शरीर २०र२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दिएका छन ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us