
काठमाण्डु, २८ वैशाख– एमालेले १० वैशाखमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको समीक्षा गरेको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रतिवेदनमा एमालेले संख्यात्मक नभए पनि गुणात्मक हानि बेहोरेको उल्लेख गरीएको छ ।
उपनिर्वाचन भएका क्षेत्रहरुमा ४ मंसिर भएको प्रतिनिधि सभाको निर्वाचनमा भन्दा मत घट्नु चिन्ताको विषय रहेको उल्लेख गरीएको छ ।
भनिएको छ, ‘संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि पार्टीको मतमा उल्लेखनीय मतको कमी आउनु चिन्ताको विषय हो।’४ मंसिरमा सम्पन्न आम निर्वाचनको तुलनामा उपनिर्वाचनमा मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर समीक्षाको विषय भएको बताइएको छ।
यस विषयमा सम्बन्धित प्रदेश र क्षेत्रले समीक्षा गर्नुपर्ने बताइएको छ ।