भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु: केपी ओली

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको बताएका छन ।

आज (बिहीबार) एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि बताएका छन ।

उनले भने, ‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो ‘सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु ।’

यो प्रकरणमा ठुलठुला व्यक्तिसमेत तानिने अवस्थाबारे गरिएको प्रश्नमा ओलीले त्यसमा आफ्नो भन्नु केही नरहेको बताएका छन । उनले भने, ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ’ ।

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी समेत संलग्न भएको भन्दै अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us