
काठमाण्डु, २८ वैशाख– धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरीएको छ ।
हिजो बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगर को हत्या गरीएको छ । थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन ।
आरोपितलाई राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिएका छन । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको प्रहरीले बताएको छ ।
खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिने क्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जानकारी दिएका छन । घटनापछि पण्डित फारर भएका थिए ।
घाइते थापामगरको उपचारका क्रममा काठमाण्डुको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित ६ जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थिङले जानकारी दिएका छन ।