
काठमाण्डु, २८ वैशाख– कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
पार्टी पदाधिकारी बैठक बस्नुअघि सभापति देउवार प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीको सरकरी निवाश बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
आज दिउँसो सभापति देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।
नेपाली नागरीकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।