
काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते बस्ने प्रतिनिधि सभाको बैठकमा बोल्ने बताएका छन ।
उनले यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको बताएका छन । आज बिहिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताए । २०–२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरेका छन ।
उनले भने, ‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ, आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’
उनले सोझै पैसा समाउनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गर्ने किन गरिएको होला रुप्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यही भएर सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।