

जनकपुर, २८ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने बताएका छन ।
आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको गर्दै उनले यस्तो बताएका हुन । उनले रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग रहेको बताएका छन ।
उनले भने, ‘मधेस आन्दोलन गरेका युवा तथा मधेसका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन् , त्यसमा लोसपाको सहयोग रहने छ ।’
उनले मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने बताएका छन । उनले त्यसको विषयमा गठबन्धनमा छलफल चलिरहेको जानकारी दिएका छन ।
उनले अब छिटैनै साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको बताएका छन । उनले सोही सहमति अनुसार मधेस प्रदेशमा मधेस केन्द्रित दलले नेतृत्व गर्ने दाबी गरेका छन ।