काठमाण्डु, पुस ४ – जनप्रगतिशील मञ्च इटालीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उत्पादन्मुलक कार्यक्रममा हाम्रो सहभागिता पहिचान र संघीयता सहितको संविधानमा पूर्ण प्रतिबद्दता भन्ने नाराका साथ सम्पन्न अधिवेशनले गोविन्दप्रसाद भण्डारीको अध्यक्षामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शान्तबहादुर...
नयाँदिल्ली, ४ पुस–भारतीय उपवाणिज्य राजदुत देवयानी खोबरगाडेमाथि न्युयोर्कमा भएको दुर्व्यवहारप्रति अमेरिकाले खेद व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिव शंकर मेननलाई बुधबार राती अबेर टेलिफोन गरी देवयानी प्रति भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेको भारतीय समाचार एजेन्सी पीटीआईले...
बेल्जियम, ४ पुस–नेपाली जनप्रगतिशल मंच बेल्जियमको २५ डिसेम्बरमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभाको प्रचार प्रसारको लागि ७५ सदस्यीय समिति गठन गरिएको छ । प्रचार प्रसार समितिमा चित्र सुवेदी, लोक दहाल, कृष्ण पौडेल, कृष्ण तिलिजा मगर, रामचन्द्र सुवेदी, प्रकाश पौडेल,...
नयाँ दिल्ली, ३ पुस– भारतमा सन् २०११ मा भ्रष्टाचारको विरोधमा राष्ट्रव्यापी जनआन्दोलन देखा परेपछि तथा यसले राजनीतिज्ञहरूलाई क्रियाशील बनाएपछि संसदले बुधबार भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली संस्था स्थापना गर्न एक कानुन पारित गरिदिएको छ । सत्ताधारी कङ्ग्रेस पार्टी तथा प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी (बीजेपी)...
नयाँदिल्ली, ३ पुस–भारतका सबै सरकारी बैंकहरु बुधबार बन्द भएका छन् । तलब बृद्धिको माग गर्दै बैंकका कर्मचारीहरुले कामकाज ठप्प पारेपछि बुधबार एक दिन कारोबार बन्द भएको हो । बैंक कर्मचारी र भारतीय बैङ्क्स एसोसियशन (आईबीए)बीच समस्या समाधानको लागि वार्ता भए पनि असफल भएको थियो...
काठमाण्डु, ३ पुस–एकजना भारतीय कुटनीतिज्ञलाई निर्बस्त्रपारि जाँच गरिएको घटनाले संयुक्त राज्य अमेरिका र भारतबीचको संबन्ध चिसिएको छ । केहि दिन अघि एकजना भारतीय महिला कुटनीतिज्ञ देवयानी खोबरागडेलाई निर्बस्त्रपारि जाँच गरेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध झन् तनावग्रस्त भएको हो । आफ्ना...
काठमाण्डु, २ पुस–अमेरिकामा भारतकी उप महावाणिज्यदूतलाई कपडा खोल्न लगाएर त्यहाँको प्रहरीले तलाशी लिएको खुलासा भएको छ । भारतकी उप महावाणिज्य दूत देवयानी खोबरागडेलाई भीसा नियम उल्लंघन गरेको आरोपमा न्यूयोर्क प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई कस्टडीमा लगेर कपडा खोल्न लगाएर तलाशी लिएको खबरले भारतमा...
सोल, १ पुस–दक्षिण कोरियाको उत्तर कोरियासँगको अग्र भागमा रहेको बाएङएओङ द्वीपमा उत्तर कोरियाबाट त्यहाँ रहेका सैनिकमाथि आक्रमण हुनसक्ने चेतावनी दिइएको हजारौँ पर्चाहरू खसाइएको समाचार प्राप्त भएको छ । दक्षिण कोरियाको नौसेनाको एक एकाइले ती पर्चा प्राप्त गरेको जानकारी योनहाप समाचार संस्थाले दिएको छ ।...
जुबा, १ पुस–नवस्वतन्त्र मुलुक दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सोमबार राजधानीमा कडा भिन्डन्तपछि आफूले सैनिक विद्रोहलाई पराजित गरिदिएको बताएका छन । नगरको केन्द्र नजिकै सैनिक ब्यारेकमा मध्यरातअगाडि सङ्घर्ष आरम्भ भएको र नगरभर फैलिएको कूटनीतिज्ञ तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले मेसिनगन तथा क्षेप्यास्त्र प्रयोग...
नयाँदिल्ली, १ पुस– बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाए पनि भारतमा यौन हिंसा नरोकिएको अधिकारीहरुले बताएका छन् । गएको बर्ष राजधानी नयाँदिल्लीमा बसभित्रै एक युवतिमाथि भएको सामुहिक बलात्कार भएपछि कानुनमा संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गरिएको थियो । कानुनमा कडाइ गरिए पनि व्यवहारमा भारतमा महिला,...
ढाका, ३० मंसिर–बङ्गलादेशमा प्रमुख इस्लामी नेता अब्दुल कादर मुल्लालाई मृत्युदण्ड दिइएपछि निरन्तरको विरोध प्रदर्शनमा शनिबार राती थप १३ व्यक्तिको मृत्यु भएको छ भने प्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीमाथि कारवाही गर्ने चेतावनी दिएकी छन । मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि...
युएई २९ मंसिर – आफूसँगै काम गर्ने नेपाली हत्या आरोपमा इमिरेट्स (युएई) को जेलमा रहेका एक नेपालीले आममाफी पाएका छन् । हत्यामा संलग्न रहेको आरोपमा मृत्युदण्डको फैसला सुनाइएका पर्वत चित्रे–४ का दुर्गाबहादुर सुनारलाई त्यहाँको अदालतले आममाफी दिएको हो । आममाफी पाएसँगै सुनार घर फर्कने...