मुशर्रफविरुद्धको मुद्दाको बहस स्थगित

काठमाण्डु टुडे २०७० पुष ९ गते ४:१० मा प्रकाशित

parvez_musharaffकाठमाण्डु, ९ पुस–पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफविरुद्धको देशद्रोहको मुद्दामा मंगलबार हुने भनिएको बहस अन्तिम समयमा आएर स्थगित भएको छ । राजधानी इस्लामावादस्थित विशेष न्यायालयमा उनीलाई लागेको देशद्रोहको मुद्दामा बहस हुने भनिएको थियो ।

तर अदालत जाने बाटोमा बिष्फोटक पदार्थ भेटिएपछि सुनुवाई स्थगीत भएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

पूर्व सैन्य शासक मुशर्रफले सैनिक अदालतमै मुद्दा सुनुवाई गर्न माग गरेका थिए । तर, अदालतले उनको आग्रह अस्वीकार गरेको छ । पूर्व सैन्य शासकलाई देशद्रोहको मुद्दा लागेको पाकिस्तानकै इतिहासमा पहिलोपटक हो ।

सन् २००७ मा संविधान खारेज गरी आपतकाल घोषणा गरेको भन्दै मुशर्रफलाई देशद्रोहको अभियोग लगाइएको छ । उनीमाथि तत्कालीन प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या, सर्वसाधारणको हत्या, न्यायालयलाई बन्देज बनाएको लगायत मुद्दा समेत लागेको छ । तर, उनले त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us