
काठमाण्डु, पुस ४ – जनप्रगतिशील मञ्च इटालीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
उत्पादन्मुलक कार्यक्रममा हाम्रो सहभागिता पहिचान र संघीयता सहितको संविधानमा पूर्ण प्रतिबद्दता भन्ने नाराका साथ सम्पन्न अधिवेशनले गोविन्दप्रसाद भण्डारीको अध्यक्षामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन समेत गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा शान्तबहादुर खत्री, विष्णुप्रसाद पन्थ, महासचिव हरिभक्त काराखेती, सचिव कृष्ण काराखेती, कोसाध्यक्ष खड्क लामा, र सदस्यहरुमा राकेश लामा, लक्ष्मण लामा, गणेश रावल, झम्कनाथ पङगेनी, प्रदेशु चौधरी, कर्ण रोका र राजेश लामालाई चयन भएका छन् ।
यस्तै समितिका सल्लाहकारहरुमा ज्ञानुप्रसाद सिलवाल र नारायणप्रसाद पाण्डे रहेका छन् ।
कार्यक्रम एकीकृत माओवादीका नेता दीनानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।