प्रवास

चीनमा सरकारी भोजदेखि उपहारसम्म प्रतिबन्ध

२०७० पुष २६ गते १३:२९

बेइजिङ, २६ पुस – चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले गत वर्ष उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण अभियानमा एक लाख ८२ हजार अधिकारीमाथि कारबाही गरेको छ । पार्टीको अनुशासनसम्बन्धी निरीक्षणका लागि केन्द्रीय आयोगका उपप्रमुख हुआङ सुसियानले गत वर्ष चीनमा भ्रष्टाचार नियन्त्रण अधिकारीहरूले भ्रष्टाचारका विषयमा १९ लाख ५० हजार...

देवयानी अमेरिकाबाट भारत फिर्ता

२०७० पुष २६ गते १३:२२

नयाँ दिल्ली, २६ पुस–भारतको अमेरिकासँग कडा विवादको केन्द्रको रूपमा रहेकी भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेले अमेरिकामा घरेलु सहायकलाई गरेको व्यवहारका कारण अभियोग भोगे पनि शुक्रबार स्वदेश फर्कनु परेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुई मैत्रीपूर्ण मुलुकबीच केही साताको तनावपछि अमेरिका तथा भारतबीच एक सहमति...

कराँचीका प्रहरी प्रमुख मारिए

२०७० पुष २६ गते ४:४३

काठमाण्डु, २६ पुस–पाकिस्तानको कराँचीमा भएको बम विष्फोटमा त्यहाँका प्रहरी प्रमुखसहित तीन जना मारिएका छन् । तालिवान विरुद्धको कारवाहीमा सफल प्रहरी अधिकारी मानिने चौधरी असलम खान सहित तीनजनाको विद्युतीय धराप विष्फोटमा मृत्यु भएको हो । चौधरी आतंकवाद नियन्त्रण अभियानका प्रमुख थिए । पाकिस्तानको चरमपन्थी संगठन...

देवयानीको अपील अदालतबाट खारेज

२०७० पुष २५ गते ५:०५

काठमाण्डु, २५ पुस–अमेरिकी अदालतले भारतीय उपवाणिज्य दूत देवयानी खोबरागडेको मुद्दाको सुनुवाई पर सार्न गरिएको अनुरोध अस्वीकार गरेको छ । प्रारम्भिक सुनवाईको लागि ३० दिनसम्मको समयसीमा बढाउन देवयानीले गरेको आग्रह अमेरिकाको एक संघीय न्यायाधीशले अस्वीकार गरेका हुन् । न्यूयोर्कको दक्षिणी जिल्ला अदालतका न्यायाधीश सारा नेटबर्नले...

रेलमा आगो लाग्दा ९ जनाको मृत्यु

२०७० पुष २४ गते २:४५

काठमाण्डु, २४ पुस– भारतको महाराष्ट्रस्थित घोडबल स्टेशन नजिक बुधबार विहान रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुषको मात्र सनाखत भएको छ । एक महिला र चार पुरुषको धुवाँमा निसास्सिएर  मृत्यु भएको हो । उद्धारको क्रममा...

अस्ट्रेलियाका नागरिकबाट बालगृहलाई सहयोग

२०७० पुष २३ गते २:२६

पोखरा, २३ पुस–हिमाल आरोही अस्ट्रेलियाका नागरिकद्वय डेबिड र डेनीले कास्कीको छिनेडाँडामा रहेको बालगृहलाई ५२ लाख रुपैयाँ सहयोग गरेका छन् । अस्ट्रेलियामा स्नातकोत्तरमा अध्ययनरत उनीहरुले अस्ट्रेलियामा सहयोगार्थ कार्यक्रम र हिमाल आरोहणको अभियान सञ्चालन गरेर ४० हजार युरो विभिन्न चरणमा सङ्कलन गरेका थिए । बालबालिका विकास...

चीनको मस्जिदमा भागदौड, १४ को मृत्यु

२०७० पुष २२ गते ३:१९

काठमाण्डु, २२ पुस– चीनको एक मस्जिदमा भएको भागदौडमा किचिएर १४ जनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । चीनको सरकारी सन्चार माध्यमका अनुसार यो घटना देशको उत्तर पूर्वी स्वायत्त शासी क्षेत्रको निन्जिया इलाकामा भएको...

यूएईको अलऐनमा नेपालीले मनाए नयाँ वर्ष

२०७० पुष २१ गते ९:१८

आबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई)को अल ऐन शहरमा रहेका नेपालीहरुले गत शुक्रबार वनभोज आयोजना गरी अंग्रेजी नयाँ वर्ष मनाएका छन् । अल ऐनको मुवाजारा पार्कमा ठुलो संख्यामा भेला भएका नेपालीले रमाईलो गरेर नयाँ वर्षको स्वागत गरेका थिए । प्रवासी नेपाली संघ यूएईको अल...

बंगलादेशमा आज चुनाव, विपक्षीद्वारा बहिस्कार

२०७० पुष २१ गते २:१५

काठमाण्डु, २१ पुस–प्रमुख विपक्षि दलहरुको वहिस्कारको घोषणाबीच आइतबार बंगलादेशमा आम निर्वाचन जारी छ । सत्तारुढ अवामी लिग पार्टीको सरकारको राजिनामा र निश्पक्ष सरकारको निगरानीमा आम निर्वाचन गरिनु पर्ने माग राख्दै सबै विपक्षि दलहरुले चुनाव वहिस्कार गरेका छन् । बंगलादेश नेशनलिस्ट पार्टी लगायतका दलहरुको मागलाई...

केजरीवालको सरकारले पायो विधानसभामा बहुमतको समर्थन

२०७० पुष १८ गते १४:३९

काठमाण्डु, पुस- भारतमा आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा पूर्ण बहुमतसहितको समर्थन पाएको छ । कांग्रेस ८ सदस्यसहितका आप २८ सदस्यको विश्वासमतका आधारमा अब दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले सरकार सञ्चालन गर्न पाउने भएका छन् । जनता दल युनाइटेडको एक सदस्यसहित आपले ३७ जना विधानसभा...

भान्सा अझै महंगो, बढ्यो ग्याँसको भाउ

२०७० पुष १८ गते १:५६

काठमाण्डु, १८ पुस– महंगीले मारमा पर्दै आएका उपभोक्तालाई सन् २०१४ को नयाँ बर्षको सुरुवातसँगै थप महंगी सहनु परेको छ । किनकी भान्सामा प्रयोग हुँदै आएको खाना पकाउने ग्याँसको भाउ अङ्ग्रेजी महिनाको नयाँबर्षसँगै बढेको छ ।...

केजरीवालले दोस्रो बाचा पनि पूरा गरे, विद्युत महशुल आधा कटौती

२०७० पुष १७ गते १:१५

काठमाण्डु, १७ पुस–भारतको नयाँदिल्ली प्रान्तका नवनियुक्त मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो चुनावी घोषणा पत्रको दोस्रो महत्वपूर्ण बाचा पनि पूरा गरेका छन् । दिल्लीका जनतालाई मासिक २० हजार लिटर निःशुल्क पानी दिने घोषणा गरेको भोलीपल्टै केजरीवालले विद्युत महशुलमा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us