
काठमाण्डु, २२ पुस– चीनको एक मस्जिदमा भएको भागदौडमा किचिएर १४ जनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
चीनको सरकारी सन्चार माध्यमका अनुसार यो घटना देशको उत्तर पूर्वी स्वायत्त शासी क्षेत्रको निन्जिया इलाकामा भएको हो । यो क्षेत्रमा मुस्लीमको बसोबास छ । जो चीनको मुस्लीम अल्पसंख्यक मध्येमा एक हुन् ।
एक धार्मिक नेताको श्रद्धान्जली कार्यक्रम भैरहेकोबेला भागदौड मच्चिएको थियो । तर, भागदौड मच्चिनुको कारण भने खुलेको छैन । स्थानीय प्रशासनले घटना छानविन गर्न आदेश दिएको छ ।