देवयानी अमेरिकाबाट भारत फिर्ता

काठमाण्डु टुडे २०७० पुष २६ गते १३:२२ मा प्रकाशित

नयाँ दिल्ली, २६ पुस–भारतको अमेरिकासँग कडा विवादको केन्द्रको रूपमा रहेकी भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेले अमेरिकामा घरेलु सहायकलाई गरेको व्यवहारका कारण अभियोग भोगे पनि शुक्रबार स्वदेश फर्कनु परेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुई मैत्रीपूर्ण मुलुकबीच केही साताको तनावपछि अमेरिका तथा भारतबीच एक सहमति भएको र यसै अनुसार कूटनीतिज्ञ कोब्रागडेले अमेरिका छोडन लागेकी हुन । उनी त्यहाँ फर्केमा पुनः अभियोग लगाइने अवस्था सिर्जना भएपछि भारतले स्वदेश फिर्ता बोलाउने निर्णय गरेको हो । devyani-khobragade
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सयद अक्बरुद्दिनले ट्विटरमा देवयानी खोब्रागडेलाई अमेरिकाले पूर्ण कूटनीतिक उन्मुक्तिका साथमा जी १ प्रवेशाज्ञा दिएको र उनलाई भारतमा सरुवा गरिएको उल्लेख गरेका छन । ट्विटरमा खोब्रागडे स्वदेश फर्केको जानकारी पनि दिइएको छ ।
अमेरिकामा जी१ प्रवेशाज्ञा अन्तर्राष्ट्रिय सङ्गठनमा काम गर्ने विदेशी सरकारी प्रतिनिधिलाई उपलब्ध गराइन्छ ।
एक छुट्टै विज्ञप्तिमा विदेश मन्त्रालयले अमेरिकाले खोब्रागडेलाई दिइएको कूटनीतिक उन्मुक्ति हटाउन गरेको अनुरोधलाई भारतले अस्वीकार गरेको र उनी आफ्ना बालबालिकालाई अमेरिकामै छोडी भारत फर्किएको उल्लेख छ ।
खोब्रागडेमाथि लगाइएको अभियोगमा उनले आफ्नो घरेलु सहायकका लागि प्रवेशाज्ञा लागि दिएको निवेदनमा झुटो कुरा उल्लेख गरेको र निजलाई अमेरिकामा कानुन अनुसार दिइनुपर्ने न्यूनतम बेतनको तुलनामा आधाभन्दा कम दिइएको उल्लेख छ ।
खोब्रागडेलाई गत महिना न्यु योर्कमा आफ्ना बालबालिका विद्यालयमा छोड्न जाँदा पक्राउ गरिएको थियो । उनी त्यहाँ उपवाणिज्यदूतको रूपमा कार्यरत थिइन ।
भारतीय विदेशमन्त्री सलमान खुर्शिदले खोब्रागडेलाई कुनै पनि मूल्यमा घर फर्काइने बताएका थिए ।
खोब्रागडेलाई डिसेम्बर १२ मा पक्राउ गरिएपछि र निर्वस्त्र पारी खोजतलास गरिएको थियो र यसको भारतमा निकै विरोध देखिएको थियो । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us