देवयानीको अपील अदालतबाट खारेज

काठमाण्डु टुडे २०७० पुष २५ गते ५:०५ मा प्रकाशित

devyani_Indiaकाठमाण्डु, २५ पुस–अमेरिकी अदालतले भारतीय उपवाणिज्य दूत देवयानी खोबरागडेको मुद्दाको सुनुवाई पर सार्न गरिएको अनुरोध अस्वीकार गरेको छ ।

प्रारम्भिक सुनवाईको लागि ३० दिनसम्मको समयसीमा बढाउन देवयानीले गरेको आग्रह अमेरिकाको एक संघीय न्यायाधीशले अस्वीकार गरेका हुन् । न्यूयोर्कको दक्षिणी जिल्ला अदालतका न्यायाधीश सारा नेटबर्नले सुनुवाई पछि सारेर उनलाई राहत दिन नसकिने बताएका हुन् ।

अदालतको यो फैसलापछि अब यही जनवरी १३ तारिकमा उनीविरुद्धको मुद्दाको सुनुवाई शुरु हुनेछ ।

देवयानीलाई भिसामा गलत विवरण लेखाएको आरोप लागेको छ । यही आरोपमा न्यूयोर्क प्रहरीले देवयानीलाई १२ डिसेम्बर सन् २०१३ मा पक्राउ गरको थियो । उनी हाल तारेखमा रिहा भएकी छन् ।

देवयानीले आफूलाई हिरासतभित्र निर्बस्त्र पारिएको र अपराधीहरुसँगै राखिएको आरोप लगाउदै आएकी छन् । यही विषयले भारत र अमेरिकाबीचको सम्वन्ध चिसिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us