भान्सा अझै महंगो, बढ्यो ग्याँसको भाउ

काठमाण्डु टुडे २०७० पुष १८ गते १:५६ मा प्रकाशित

gas_cylinderकाठमाण्डु, १८ पुस– महंगीले मारमा पर्दै आएका उपभोक्तालाई सन् २०१४ को नयाँ बर्षको सुरुवातसँगै थप महंगी सहनु परेको छ । किनकी भान्सामा प्रयोग हुँदै आएको खाना पकाउने ग्याँसको भाउ अङ्ग्रेजी महिनाको नयाँबर्षसँगै बढेको छ ।

तेल कम्पनिहरुले एक सिलिन्डर खाना पकाउने ग्याँसको मूल्य २ सय २० रुपैयाँको दरले बढाएका छन् । यो मूल्य भारतमा बढेको हो । भारतबाटै ग्याँस नेपाल आउने भएकाले अब नेपालमा पनि मूल्य बढ्ने पक्का छ । नयाँ मूल्य अनुसार भारतमा प्रतिसिलिण्डर ग्याँसको मूल्य १ हजार २१ भारतीय रुपैयाँ पुगेको छ ।

नेपालमा खाना पकाउने एक सिलिण्डर ग्याँसको मूल्य १४ सय ७० छ ।

अन्तराष्ट्रिय बजारमा बढेको मूल्य अनुसार मूल्य समायोजन गर्नुपरेको कम्पनिहरुले बताएका छन् । पछिल्लो समय डलरको तुलनामा रुपैयाँ कमजोर भएकाले मूल्य बढेको उनीहरुको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us