प्रवास

लिबियामा घातक रासायनिक अस्त्र नष्ट

२०७० माघ २२ गते ८:४०

लिबियाले आफ्नो देशमा रहेको रासायनिक अस्त्रहरुको भण्डार नष्ट गर्ने प्रकृया पूरा गरेको जनाएको छ। त्यस्तो प्रकृया सन् २००४ मा आरम्भ गरिएको थियो। यो घोषणा गर्नका लागि अन्तर्राष्ट्रिय समुदायका उच्च पदस्थ प्रतिनिधिहरु सहितको उपस्थितीमा, राजधानी त्रिपोलीमा एउटा पत्रकार सम्मेलनका आयोजना गरिएको थियो। लिबियाका विदेशमन्त्री मोहम्मद...

‘युरोपेली मुलुकहरुमा भ्रष्टाचार भयावह’

२०७० माघ २१ गते १:५२

काठमाण्डु, २१ माघ – युरोपेली संघकी गृह मामिलासंबन्धी आयुक्तले सदस्य मुलुकहरुमा भ्रष्टाचारको स्तर भयावह भएको चेतावनी दिएकी छिन्। युरोपेली संघका सदस्य मुलुकहरुमा भ्रष्टाचारको समस्याबारे पहिलो पटक प्रकाशित प्रतिवेदन सार्वजनिक गर्दै सेसिलिया माम्स्ट्रोमले भनिन्, भ्रष्टाचारले प्रत्येक वर्ष एकसय साठी अर्ब डलरभन्दा बढी नोक्सान पुराइरहेको छ,...

चौपाया चोरेको आरोपमा जिउँदै जलाइयो

२०७० माघ २० गते ११:०३

कोलकाता, २० माघ – चौपाया चोरेको आरोपमा पश्चिम बङ्गालमा चार जनालाई जिउँदै जलाइएको छ । ती चारजनाको शवको प्रकृति हेर्दा उनीहरुलाई जिउँदै जलाइएको पाइएको प्रहरीले जनाएको छ । पश्चिम बङ्गालको एक गाउँमा ती व्यक्तिको शव भेटिएको समाचारमा जनाइएको छ । उनीहरुलाई आइतबार साँझ त्यसरी...

मलेसियामा मृत्यु भएकाको परिवारमा बिचल्ली

२०७० माघ १९ गते ७:२५

बागलुङ, १९ माघ–पैसा कमाउन तीन वर्षअघि मलेसिया पुगेका यहााका एक युवकले उतै ज्यान गुमाएपछि उनको परिवार बिचल्लीमा परेको छ । जिल्लाको धम्जा गाविसका ३८ वर्षीय नन्दलाल विश्वकर्माको गत पुस २६ गते मृत्यु भएको थियो । साँझ खाना खाएर सुतेका विश्वकर्मा बिहान मृत अवस्थामा फेला...

युएईमा ल्होसाको यस्तो रौनक फोटो फिचर

२०७० माघ १८ गते ९:४५

काठमाण्डु, १८ माघ – यूएई  रहेका तामाङ समुदायले शुक्रबार २८५० औँ नयाँ सोनाम लोछार मनाएका छन् । त्रिशुली समाज यूएईले सोनाम लोछार को अवसर पारेर अलएनको जोर्डनी क्लबमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा सभासद बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सभासद...

पत्नीको तनावका कारण के गरे रवीन्द्रले ?

२०७० माघ १७ गते १४:२१

काठमाण्डु, १७ माघ – पत्नीको तनावमा धेरै मानिसले आत्महत्या गरेका छन् । धेरैले श्रीमतीले दिएको तनावले घर छोडेर हिँडेका छन् । भारतमा पनि एक व्यक्तिले श्रीमतीले दिएको तनावका कारण तमासा मात्रै देखाएनन्, आत्महत्याको प्रयास पनि गरे । पत्नीको तनावले गर्दा भरतका एक व्यापारी विहान...

बसमा आगो लाग्दा ८ को मृत्यु

२०७० माघ १५ गते ९:३५

नयाँ दिल्ली, १५ माघ– पश्चिम भारतीय राज्य माहाराष्ट्रमा एक सुविधा सम्पन्न बसमा बुधबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । माहाराष्ट्रको कुडे गाउँमा स्थानीय समयअनुसार बिहान करिब २ बजे सो घटना भएको जनाइएको छ । विपरित दिशाबाट आइरहेको एक...

डुङ्गा दुर्घटनामा २१ जनाको मृत्यु

२०७० माघ १३ गते ५:२९

काठमाण्डु, १३ माघ– बंगालको खाडीमा सोमबार विहान पर्यटक सवार डुङ्गा डुब्दा २१ जनाको मृत्यु भएको छ । अन्य २९ जनालाई सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा धेरैजसो तमिलनाडुको काँचीपुरम र मुम्बईका बासिन्दा रहेको बताइएको छ । प्रधानमन्त्री मनमोहन सिंहले घटनाप्रति दुःख व्यक्त गरेका...

आम आदमी पार्टीका विधायक निस्कासित

२०७० माघ १३ गते २:००

काठमाण्डु, १३ माघ–भारतमा आम आदमी पार्टीले आफ्नो एक विधायकलाई पार्टीबाट निश्कासित गरेको छ । पार्टीको छवी धमिल्याउने प्रयास गरेको आरोपमा पूर्वी दिल्लीबाट विजयी विनोद कुमार शर्मा विन्नीलाई पार्टीले आईतबार अबेर राति निस्कासित गरेको हो । भर्खरै भारतको राजधानी नयाँदिल्ली रहेको दिल्ली प्रदेशमा एक वर्ष अघि...

भारतले गणतन्त्र दिवस मनाउदै

२०७० माघ १२ गते ३:४२

काठमाण्डु, १२ माघ– भारतले आइतबार ६५ औं गणतन्त्र दिवस मनाउदै छ । भारतको राजधानी नयाँदिल्लीमा सैनिक परेडसँगै बिभिन्न साँस्कृतिक झाँकी निकालिदै छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राजपथमा झण्डत्तोलन गर्ने र सलामी ग्रहण गर्ने र संक्षिप्त सम्वोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा जापानी...

कुवेतमा एक नेपालीको मृत्यु

२०७० माघ १० गते १४:०१

रौतहट, १० माघ – वैदेशिक रोजगारीका लागि कुवेत पुगेका चन्द्रनिगाहपुरका एक व्यक्तिको मृत्यु भएको छ । कुवेत पुगेका चन्द्रनिगाहपुर गाविस वडा नं ६ का ३२ वर्षीय रामचन्द्र गोसाईं मृत्यु भएको परिवारले जनाएको छ । उनी मङ्सिर २७ गते वैदेशिक रोजगारीका लागि कुवेतको अलमराठी क्लिनर...

एकै परिवारका ६ जनाको हत्या

२०७० माघ १० गते ६:०७

काठमाण्डु, १० माघ–भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ सदस्यको हत्या भएको छ । बुलन्द शहरको नरौरा इलाकामा पर्ने पिलखनामा विहीबार राती सुतिरहेका एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । रामघाटरोडस्थित ८० बर्षीय मौसम खाँ, उनको श्रीमती, ६० बर्षीय छोरा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us