भारतले गणतन्त्र दिवस मनाउदै

काठमाण्डु टुडे २०७० माघ १२ गते ३:४२ मा प्रकाशित

republic-dayकाठमाण्डु, १२ माघ– भारतले आइतबार ६५ औं गणतन्त्र दिवस मनाउदै छ । भारतको राजधानी नयाँदिल्लीमा सैनिक परेडसँगै बिभिन्न साँस्कृतिक झाँकी निकालिदै छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राजपथमा झण्डत्तोलन गर्ने र सलामी ग्रहण गर्ने र संक्षिप्त सम्वोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा जापानी प्रधानमन्त्री सिन्जो आवे प्रमुख अतिथि रहने छन् । त्यहाँ अनेकतामा एकताको सन्देश दिने खालका प्रस्तुती प्रदर्शन हुने भारतीय सन्चार माध्यमले जनाएका छन् । यसपटकको सैनिक परेडको मुख्य आकर्षण हलुका लडाकाु विमान ‘तेजस’ रहने छ । ति लडाकु विमान भारतमै बनाइएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य मुख्य सहरका बिभन्न स्थानमा सीसीटीभि क्यामरा जडान गरिएको छ । साथै हवाई र स्थल गस्ती पनि बढाइएको छ । विशेष गरी पाकिस्तानसँग सीमा जोडिएको जम्मु र कास्मीरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै राष्ट्रपति मुखर्जीले सुशासन नै अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् ।

आजकै दिन २६ जनवरी सन् १९५० मा भारतमा मौजूदा संविधान जारी भएको थियो । सोही दिन सर्वसम्मतिबाट हरेक बर्ष २६ जनवरीमा ‘पूर्ण स्वतन्त्रता दिवस’को रुपमा मनाउने सहमति भएको थियो । यसै अनुसार २६ जनवरी अघोषित रुपले भारतको स्वतन्त्रता दिवस बनेको थियो । त्यहीबेलादेखि प्रत्येक बर्ष २६ जनवरीको दिन भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us