वासिङ्टन, ८ फागुन – गत डिसेम्बरमा यमनस्थित एक विवाह पार्टीलाई लक्ष्यगरी गरिएको अमेरिकी चालकरहित विमान आक्रमणको अनुसन्धानका लागि ह्युमन राइट्स वाचले अमेरिकी सरकारलाई आग्रह गरेका छन् । यमनस्थित एक विवाह पार्टीमा भएको यस आक्रमणका क्रममा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको थियो । यो विमान...
तिब्बती पात्रोअनुसार नयाँवर्षको पूर्वसन्ध्यामा ल्हासाको दोस्रो चक्रपथमा विशेषत: तिब्बती पशुपालकका लागि चौंरी गाईको मासु पसलहरु सजाइएका छन्। सडक आसपासका मासु पसलमा चौंरी गाईको मासुका परिकारहरु राखिएका हुन्छन्। पूरै सडकमा मानिसको घुइंचो देखिन्छ। गएको हिउँद ऋतु जस्तै चौंरी गाईको मासु बिक्री गर्ने एउटा उपयुक्त स्टल...
नयाँ दिल्ली ३ फागुन-दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि उपराज्यपाल नजीब जंगले दिल्लीमा राष्टपति शासन लगाउन केन्द्र सरकारलाई सिफारिस गरेका छन । लोकपाल बिधेयक पारित नभएको बिरोधमा केजरीवालले शुक्रबार पदबाट राजीनामा दिएका थिए । उपराज्य पालले बिधान सभा भंगरी नयाँ शिराबाट निर्वाचन गराउन...
काठमाण्डु, ३ फागुन – नेपाल र बेल्जियमको दौत्य सम्बन्ध ५० औं वर्ष पूरा भएको अवसरमा युरोपियन इन्स्टिच्यूट अफ एसियन स्टडिजसँगको सहयोगमा ब्रसेल्समा इन्भेष्टमेन्ट अपरच्यूनिटी इन नेपाल : हाइड्रोपावर एन्ड टुरिजम आयोजना गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड अफ डाइरेक्टरहरु श्रीराम पौड्याल र...
ओस्लो, २ फागुन-“लर्ड बुद्ध वाज बर्न इन लुम्बिनी, नेपाल” भन्ने सन्देश सहितको बुद्धको प्रतिमा नर्वेजियन नोबेल इन्स्टिच्युटलाई उपहार प्रदान गरिएको छ। डाइरेक्टर गेइर लुन्ड़ेस्टाडलाई लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र अभियानको राष्ट्रिय संयोजक नर्वेका डा. कृष्ण अर्यालले सोही इन्स्टिच्युटका प्रमुख प्रशासक...
युरोपेली संसदद्वारा आयोजना गरिएको एक सुनुवाइमा श्रम तथा मानव अधिकारवादी संगठनहरुले आप्रवासी मजदुरहरुप्रति कतार सरकारको व्यवहारको कडा आलोचना गरेका छन्। युरोपेली संसदको मानव अधिकार उपसमितिद्वारा बिहीबार ब्रसेल्समा आयोजना गरिएको सुनुवाइमा सहभागी मानवअधिकारवादी तथा ट्रेड युनियन संगठनका प्रतिनिधिहरुले कतारले आप्रवासी कामदारहरुको स्थितिमा सुधार ल्याउन खासै...
काठमाण्डु २९ माघ-एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय ब्युरोमा पूराना सात जनालाई हटाएर चार जना नयाँ थपिएका छन । एमाओवादी केन्द्रीय समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ आएपछि जिम्मेवारीमा हेरफेर गरिएको हो । एक नेताका अनुसार ब्युरो नरेन्द्रजंग पिटर,विशाल खडका,ध्रुव अधिकारी,दिपक सापकोटा,छवी पोखरेल,सुशील पौडेल र रुपक सापकोटालाई...
काठमाण्डु, २८ माघ–नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई चिनियाँ प्रधानमन्त्री लि खछयाङ्ले बधाई दिएका छन् । लीले मंगलबार कोइरालालाई बधाई सन्देश पठाउँदै दुई देशबीचको दिगो तथा मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तथा पारस्परिक सहयोगसम्बन्धी चीन–नेपाल विस्तृत सहकार्यका लागि प्रधानमन्त्री कोइरालासँग मिलेर काम गर्न आफू प्रतिबद्ध रहेको...
सोल–दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हायले उत्तर कोरियालाई कुनैपनि हालतमा यसअघिको प्रतिबद्धताबाटपछि हट्न नपाइने चेतावनी दिएकी छन । उनले दुवै कोरियाका बीचमा पुनर्मिलनका बारेमा कुराकानी भइसकेको र आगामी फेब्रुअरी २० देखि त्यो प्रक्रिया सुरु गर्ने निर्णय भइसकेकोले यसलाई अब टार्न नमिल्ने बताइन । उत्तर...
काठमाण्डु, २४ माघ – समुद्री बाटो हुँदै अष्ट्रेलिया छिर्न खोज्ने ६ जना नेपाली पक्राउ पछि नेपाल फिर्ता भएका छन् । अवैध बाटोहुँदै अष्ट्रेलिया पुगेर शरणार्थी बन्न खोज्ने उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा २१ जना इरानी, ६ जना नेपाली, ५ जना बंगलादेशी र...
माघ – विवाहको पहिलो दिन दुलाहा दुलही के गर्छन ? सबैलाई थाहा छ, नव जोडी नयाँ जीवनको सपना बुन्दै रंगिन सपनामा हराउँछ । तर भारतमा भने नव विवाहित जोडीले विवाहको पहिलो दिन नै अचम्म गरकोे छ । उनीहरु विवाहको पहिलो दिन अरु जोडी जस्तो...
नयाँ दिल्ली, २३ माघ – भारतीय प्रहरीले आम आदमी पार्टी आपका एक नेतालाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनले एक महिलालाई जागिर लगाइदिने भन्दै बलात्कार गरको दिल्ली प्रहरीले जनाएको छ । आपका नेता रमन स्वामीलाई आउँदो ८ तारिखमा अदालतमा पेश गरिने प्रहरीले जनाएको...