माओवादी अन्तर्राष्ट्रिय ब्युरोमा को हटे,को थपिए ?

काठमाण्डु टुडे २०७० माघ २९ गते ६:४५ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु २९ माघ-एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय ब्युरोमा पूराना सात जनालाई हटाएर चार जना नयाँ थपिएका छन ।

एमाओवादी केन्द्रीय समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ आएपछि  जिम्मेवारीमा हेरफेर गरिएको हो ।
एक नेताका अनुसार ब्युरो नरेन्द्रजंग पिटर,विशाल  खडका,ध्रुव अधिकारी,दिपक सापकोटा,छवी पोखरेल,सुशील पौडेल र रुपक सापकोटालाई हटाइएको छ भने निनु चापागाई,बालकृष्ण ढुंगेल,केशवराज नेपाललाई  थपिएको छ ।
ब्युरोमा युवराज चौलागाई,बिष्णुहरि शर्मा,टीबी पाठक,सुनिल पौडेल,डा ऋषि अधिकारी,युगनाथ लम्साल र मुक्ति खनाललाई कायम राखिएको छ ।
माघ २ देखि १८ गतेसम्म बसेको केन्द्रीय समितिले तत्कालीन अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज दिनानाथ शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएर श्रेष्ठलाई अन्तर्राष्ट्रिय ब्युरोमा जिम्मेवारी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us