नेपालमा लगानीका विषयमा बेल्जियममा छलफल

काठमाण्डु टुडे २०७० फागुन ३ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ३ फागुन – नेपाल र बेल्जियमको दौत्य सम्बन्ध ५० औं वर्ष पूरा भएको अवसरमा युरोपियन इन्स्टिच्यूट अफ एसियन स्टडिजसँगको सहयोगमा ब्रसेल्समा इन्भेष्टमेन्ट अपरच्यूनिटी इन नेपाल : हाइड्रोपावर एन्ड टुरिजम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड अफ डाइरेक्टरहरु श्रीराम पौड्याल र रामहरि अर्याललगायतको उपस्थिती थियो ।

सेमिनारमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले नेपालको विविध पक्ष चिनारी दिँदै नेपालको जलविद्युत र पर्यटनमा लगानीको ठुलो संभावना रहेको बताएका थिए । उनले नेपालमा लगानी मैत्री वातावरण बनिरहेको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।

सेमिनारमा ग्लोवल वाटर इन्स्टिच्यूटका अध्यक्ष प्रा भ्यालेरिइ डरुजानियेले जलविद्युत उत्पादनका फाइदा तथा लगानी गर्दा बिचार पुर्‍याउनु पर्ने पक्षको बारेमा आफ्नो धारणा राखेका थिए ।

विज्ञप्ती पढ्न यहाँ क्लिक गर्नुहोस ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us