उत्तरलाई दक्षिण कोरियाली राष्ट्रपतिको चुनौती

काठमाण्डु टुडे २०७० माघ २४ गते १७:५४ मा प्रकाशित

सोल–दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हायले उत्तर कोरियालाई कुनैपनि हालतमा यसअघिको प्रतिबद्धताबाटपछि हट्न नपाइने चेतावनी दिएकी छन । park-geun-hye
उनले दुवै कोरियाका बीचमा पुनर्मिलनका बारेमा कुराकानी भइसकेको र आगामी फेब्रुअरी २० देखि त्यो प्रक्रिया सुरु गर्ने निर्णय भइसकेकोले यसलाई अब टार्न नमिल्ने बताइन ।
उत्तर कोरियाको सरकारले प्रस्तावित सो पुनर्मिलनका बारेमा पुनः सोच्न सकिने भन्दै त्यसलाई हालका लागि स्थगित पनि गर्न सकिने आशयको विज्ञप्ति दिएको भोलिपल्टै शुक्रबार राष्ट्रपतिको यो चेतावनी आएको हो ।
अब उक्त कार्यक्रमका बारेमा कुराकानी भइरहेकोले कुनैपनि हालतमा रोक्न नसकिने राष्ट्रपति हायले बताइन । कोरिया उत्तर र दक्षिणमा छुट्टिने समयमा अलग अलग भएका नागरिकहरुको पुनर्मिलनका लागि यी दुवै देशले आगामी फेब्रुअरी २० गतेदेखि सो कार्यक्रमा तय गरेका हुन् ।
सो प्रयोजनका लागि यी दुई दशेका अधिकारीहरुका बीचमा वार्ता पनि भएको छ । दुई दिनअघि भएको सो वार्ताका क्रममा सो मिति पनि तय भएको हो ।
सो कार्यक्रमको प्रस्तावलाई दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पनि स्वागत गरेको छ । उक्त मन्त्रालयका प्रवक्ता कि युङ दुले अन्ततः उत्तरले वार्ताको प्रस्ताव राखेको र यसलाई स्वागत पनि गरिएको बताएका छन् ।
करिब ६० वर्षपहिले भएको सो कोरियाको विभाजनका समयका कयौँ नागरिकको मृत्यु नै भइसकेको छ । बचेका नागरिक पनि बुढ््यौली उमेरमा रहेका छन् । उनीहरुका लागि यो भेटघाट कार्यक्रम राख्न थालिएको हो ।
उत्तर र दक्षिण कोरियाको विभाजनपछि जो नागरिक जुन देशतर्फ परेका थिए उनीहरु सोही देशमा मात्र बस्न पाउने प्रावधान बनाइएको थियो । जसका कारण लाखौँ नागरिकले आ–आफ्ना परिवारबाट टाढा बस्नु परिरहेको छ ।
सो भेटघाट कार्यक्रम तय गरिएपछि उत्तरले भने आनाकानी गरिरहेका बताइएको छ । गत वर्षको सेप्टेम्बर महिनामा पनि उत्तरकै कारणले सो कार्यक्रम नै स्थगित भएको थियो ।
राष्ट्रपति हायको कार्यालयबाट प्रकाशन गरिएको एक विज्ञप्तिमा भनिएको छ– यो कुनैपनि हालतमा रोक्नु हुँदैन र वर्षैदेखि छुट्टिएर रहेका परिवारका मनमा चोट लाग्नेगरी उत्तरले कनुैपनि काम गर्नुहँदैन ।
यही कार्यक्रमको पछिल्लो व्यवस्थापनका लागि दक्षिण कोरियाली सरकारको सुरक्षा बैठक पनि शुक्रबार बस्दैछ । यी दुई देशका अधिकारीहरु फेरि पनि वार्तामा बसेर ती परिवारको मिलनको तिथि तय गर्ने जनाएका छन् ।
उक्त तिथिमा यी दुई देशका नागरिकले एक वा दुई दिनका लागि परिवारसँग बस्न पाउने छन् । पछि भने उनीहरु निर्धारित समयमै छुटिनुपर्ने छ ।
ती परिवारलाई उनीहहरुका मनपरेका सदस्यहरुले भेटघाट गर्न पाउने गरी प्रबन्ध मिलाइने छ  र यसका लागि सुरक्षा निकाय र रेडक्रसले पनि व्यवस्थापन गर्नेछन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us