प्रवास

एनआरएन अध्यक्ष भन्छन्, ‘नेपालीलाई स्वदेशमै रोजगारी चाहिन्छ’

२०७० चैत २ गते १०:५४

म्याग्दी, २ चैत– गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले नेपालमा रोजगारी सिर्जनाका लागि लगानी बढाउनुपर्ने बताएका छन् । म्याग्दीको गलेश्वरमा एनआरएन बेलायतको सहयोगमा निर्माण हुन लागेको वृद्धाश्रम भवन शिलन्यास गर्दै उनले बेरोजगारीको खोजिमा विदेशिन बाध्य युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना नगरेसम्म नेपालको आर्थिक...

मलेसियामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति

२०७० फागुन ३० गते ४:०४

खोटाङ, ३० फागुन–मलेसियामा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारले क्षतिपूर्ति पाएका छन् । गत मंसिर ९ गते मलेसियामा भएको सडक दुर्घटनामा ज्यान गुमाएका रतन्छा–२ का हरिप्रसाद फुयालका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ५० हजार र बीमा कम्पनीबाट सात लाख चार हजार गरी...

विकास सिक्न किसानहरु दक्षिण कोरियामा

२०७० फागुन २८ गते ७:४८

सोल, फागुन- कृषि मार्फत दक्षिण कोरियाले गरेको बिकासको मोडल सिक्न नेपालका किसानहरु दक्षिण कोरिया पुगेका छन । चितवनको पिप्ले नमूना सेमाउल (नयाँ गाउँ अभियान)को १२ जनाको टोली बिकासको मोडल सिक्न दक्षिण कोरिया पुगेको हो । मंगलबार कोरिया पुगेको टोली आगामी मार्च २४ तारेखसम्म कोरियाका...

खाडीका तीन मुलकले कतारबाट राजदूत फिर्ता बोलाए

२०७० फागुन २२ गते १२:३७

काठमाण्डु, २२ फागुन– खाडी क्षेत्रका तीन मुलुकले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका छन् । साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारले अन्य मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै आफ्ना राजदूत फिर्ता बोलाएका हुन् । एउटाले अन्य देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने पूर्वसहमति कतारले...

यूएईमा नेपालीहरुद्वारा बनभोजको आयोजना

२०७० फागुन १९ गते ८:३०

अबुधाबी, फागुन – युएईको अबुधाबीमा आगामी मार्च १४ (शुक्रबार) बनभोज कार्यक्रम आयोजना गरिएको छ । नेपालीहरुबीच भेटघाट तथा मनोरन्जन गराउने हेतुले त्रिशुली समाज यूएईले कार्यक्रम आयोजना गरेको हो । बनभोज कार्यक्रमको व्यवस्थापनको लागि राम तामाङको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समितिमा विरेन्द्र...

ओबामा र पुटिन वीच ९० मिनेट वार्ता

२०७० फागुन १८ गते ९:५७

रुसी संसदले युक्रेनमा सैन्यबल प्रयोग गर्ने अनुमति दिएपछि युक्रेनले आफ्नो देशका सुरक्षा फौजलाई सर्तक र तम्तयार अवस्थामा राखिएको बताएको छ। युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले परमाणु उर्जा केन्द्र लगायतका संवेदनशील क्षेत्रहरुमा समेत सुरक्षा सतर्कता बढाइएको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी चासोका विषयहरुको...

नेपालमा चाभेजको स्मृति दिवस मनाइने

२०७० फागुन १८ गते ५:३३

काठमाण्डु, १८ फागुन– भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको प्रथम स्मृति दिवस नेपालमा पनि मनाइने भएको छ । एकीकृत माओवादीको विदेश विभागले आगामी २१ फागुनमा कार्यक्रम गर्न लागेको हो । माओवादी विदेश विभाग सदस्य युवराज चौलागाईंले चाभेजले चलाएको साम्राज्यवावविरोधी अभियानप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताए...

प्रचण्डसँग कतार जानेले बदनाम गराउन खोजे

२०७० फागुन १५ गते १६:०२

काठमाण्डु -एकीकृत माओवादीको अन्तराष्टिय बिभागले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमणलाई बदनियतपूर्ण बनाइएको आरोप लगाएको छ । अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा चार जना मात्रै रहेको पनि बिभागले प्रष्ट पारेको छ । प्रचण्डको टोलीमा बिभागका पूर्व प्रमुख तथा बर्तमान प्रवक्ता दिनानाथ शर्मा,पूर्व श्रममन्त्री लेखराज भटट...

अफगानिस्तानमा ३७ तालिवान मारिए

२०७० फागुन १५ गते ८:५७

अफगानिस्तान, १५ फागुन – अफगानिस्तानमा तालिवानविरुद्ध त्यहाँका सुरक्षा निकायले शृङ्खलाबद्ध रुपमा बुधबार बिहानदेखि जारी राखेको कारबाहीमा ३७ आतंककारीको ज्यान गएको छ । अफगानिस्तानको गृह मन्त्रालयले गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा ३७ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको जानकारी एक विज्ञप्तिमार्फत बिहीबार दिएको छ...

अफगानिस्तानबाट अमेरिकी सेना हट्ने ओवामाको संकेत

२०७० फागुन १४ गते १०:१४

वासिङ्टन, १४ फागुन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सन् २०१४ पछि अफगानिस्तानबाट सम्पूर्ण अमेरिकी सेना फर्किने सम्भावना बढेको बताएका छन् । अफगान राष्ट्रपति हमिद कारजायी र अमेरिकी राष्ट्रपति बाराक ओमाबाबीच मंगलबार  भएको टेलिफोन वार्तामा ओबामाले उक्त कुरा बताएको जनाइएको छ  । सन्...

अमेरिका र चीन वीचको सम्बन्ध चिसिन थाल्यो

२०७० फागुन १२ गते १७:२७

काठमाण्डु १२ फागुन तिब्बतका धार्मिक नेता दलाई लामालाई अमेरिकी राष्टपति बाराक ओबामाले भेटेपछि चीनसँगको अमेरिकी सम्बन्ध चिसिएको छ । तिब्बतको बिषयमा अमेरिकाले आफनो तर्फबाट हस्तक्षेपकारी भूमिका पर्दशन गर्न थालेपछि चीन र अमेरिका वीचको सम्बन्ध चिसिएको हो । अमेरिकाले गोप्य रुपमा गर्दै आएको काम पनि...

चितवन युवा समूहबाट प्रचण्डको अभिनन्दन

२०७० फागुन ११ गते ५:४७

दोहा, ११ फागुन– चितवन युवा समूहले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अभिनन्दन गरेको छ । पार्टी सम्वद्ध नेपाली जनप्रगतिशील मञ्च कतारको तेश्रो महाधिवेशन उदघाटनका शिलशिलामा कतार पुगेका उनलाई समूहले अभिनन्दन गरेको हो । समूहका पूर्वअध्यक्ष रामहरि गैरेले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us