अफगानिस्तानबाट अमेरिकी सेना हट्ने ओवामाको संकेत

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:१४ मा प्रकाशित

obamaवासिङ्टन, १४ फागुन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सन् २०१४ पछि अफगानिस्तानबाट सम्पूर्ण अमेरिकी सेना फर्किने सम्भावना बढेको बताएका छन् ।

अफगान राष्ट्रपति हमिद कारजायी र अमेरिकी राष्ट्रपति बाराक ओमाबाबीच मंगलबार  भएको टेलिफोन वार्तामा ओबामाले उक्त कुरा बताएको जनाइएको छ  ।

सन् २०१४ पछि पनि अफगानिस्तानमा बस्ने अमेरिकी सेनालाई कानुनी अस्तित्व दिने मस्यौदा भएको द्विपक्षीय सुरक्षा सम्झौतामा अफगान राष्ट्रपति हमिद कारजायीले हस्ताक्षर गर्न इन्कार गरेका थिए । सो सुरक्षा सम्झौतामा गत वर्षको अन्त्यसम्म हस्ताक्षर गर्नको लागि अमेरिकाले कारजायीलाई आग्रह गरेको थियो ।

सम्भौतामा हस्ताक्षर नभएपछि अमेरिकाले आफ्नो सम्पूर्ण सेना फिर्ता लग्ने बताउँदै आएको थियो । सोही अनुरुप ओबामाले सन् २०१४ अफगानिस्तानमा अमेरिकी सेना नरहने जानकारी दिएको बताइएको छ ।

आतङ्कवाद विरुद्ध लडाईलाई निरन्तरता दिने अफगानी सैन्यबललाई तालिमलगायत र हातहतियार समेत सहयोग गर्ने मस्यौदा उल्लेख भएको द्विपक्षीय सुरक्षा सम्झौतामा राष्ट्रपति कारजायीले हस्ताक्षर गरेका छैनन् ।

‘मैले पेन्टागनलाई अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने सुनिश्चित गर्न भनिसकेको छु ’ ओबामाले भनेका छन् । अमेरिकी रक्षामन्त्री चक हेगेलले पनि मंगलबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने कार्य सुरु गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us