यूएईमा नेपालीहरुद्वारा बनभोजको आयोजना

काठमाण्डु टुडे २०७० फागुन १९ गते ८:३० मा प्रकाशित

अबुधाबी, फागुन – युएईको अबुधाबीमा आगामी मार्च १४ (शुक्रबार) बनभोज कार्यक्रम आयोजना गरिएको छ । नेपालीहरुबीच भेटघाट तथा मनोरन्जन गराउने हेतुले त्रिशुली समाज यूएईले कार्यक्रम आयोजना गरेको हो ।

बनभोज कार्यक्रमको व्यवस्थापनको लागि राम तामाङको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समितिमा विरेन्द्र तामाङ, राम ग्याबा, गंगाबहादुर घले तथा विष्णु तामाङ रहेका छन् ।

लोकल खसीको मासु, चिउरा, अचार, सेल रोटी लगायत विभिन्न नेपाली पारिकारहरुका साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम पनि रहने आयोजक ले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us