खाडीका तीन मुलकले कतारबाट राजदूत फिर्ता बोलाए

काठमाण्डु टुडे २०७० फागुन २२ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– खाडी क्षेत्रका तीन मुलुकले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका छन् ।
साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारले अन्य मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै आफ्ना राजदूत फिर्ता बोलाएका हुन् । एउटाले अन्य देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने पूर्वसहमति कतारले उल्लंघन गरेको आरोप उनीहरुको छ ।

त्यसअघि समस्या समाधानको प्रयासमा बुधबार अबुधावीमा खाडीका परराष्ट्रमन्त्रीहरुको बैठक बसेको थियो । यी तीनै देश खाडी मुलकहरुको गाल्फ ओपरेशन काउन्सिलका सदस्य छन् ।

काउन्सिलमा कतारसहित ६ देश छन् ।  कतिपयले सन् २०२२ मा कतारमा हुने विश्वकपलाई प्रभावित गर्ने उद्धेश्यले पश्चिमा शक्तिको इशारामा तीन देशले राजदूत फिर्र्ता बोलाएको हुन सक्ने बताएका छन् ।
यसैबीच कतारले राजदूत फिर्ता बोलाए पनि साउदी, बहराइन र संयुक्त अरब इमिरेट्ससँगको आफ्नो सम्बन्ध कायमै रहने बताएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us